मन्त्रिपरिषद् बैठकमा ‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्ता पनि सहभागी

असार ३०, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल र आवश्यक निर्णय हुने सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा विवादित अडियो प्रकरणमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् ।  उनले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने आवाज उठेको छ । तर, गुप्ताले हालसम्म न राजीनामा दिएका छन् न त प्रधानमन्त्रीले बर्खास्ती नै । कर्मचारीको सरुवामा घुसको डिल गरेको अभियोग गुप्तामाथि छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.