असार ३०, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा स्थगित भएको छ ।
असार २७ गते भएको नगर सभामा नगर प्रमुख उपेन्द्र कार्कीले आफू अनुकुल र महत्वाकांक्षी बजेट पेस गरेको भन्दै नगर सदस्यहरुले बहिष्कार गरेपछि सभा नै स्थगित भएको हो । बजेटको आकार मात्र बनाएर नगरवासीलाई भ्रम फैलाउन खोजिएको आरोप लगाउदै वास्तविक र व्यवहारिक ढंगबाट नीति तथा योजना बनाउनुपर्ने माग राखेका छन ।
नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु रहेको कागेश्वरी नगरपालिकामा काङ्ग्रेसबाट निर्वाचित मेयर उपेन्द्र कार्कीले मितव्यायी नगरेको आरोप गरेका छन । बजेट सिलिङमा मात्र सिमित भएको र व्यवहारमा नभएको भन्दै एमाले निकट जनप्रतिनिधिहरुको चर्को विरोधविच नगर सभा स्थगन भएको एक स्रोतले बताइयो ।
नगरपालिकाभित्रको विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक संस्था क्षेत्रलाई विनियोजित बजेटमै अपारदर्शी भएको भन्दै प्रश्न उब्जिएको बताइएको छ । मेयर कार्कीले बजेट समावेशी र आवश्यकता भन्दा आफू अनुकुलतमा राखिएको कारण स्थगित भएको नगरसभा सच्चिएर आउनुपर्ने माग छ ।

