बनेपा-नाला-भक्तपुर सडक पुन: अवरुद्ध

असार २३, काठमाडौं । बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरि अवरुद्ध भएको छ । पुण्यमाता खोलाको पुल भाँचिएपछि आइतबार बिहान ह्युमपाइपमाथि माटो राखेर बाटो सञ्चालनमा ल्याइएको थियो ।

तर, आइतबारै साँझदेखि परेको अविरल वर्षाको कारण ह्युमपाइप माथि राखिएको माटो बाढीले बगाइदिएपछि सडक पुनः बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ ।

फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर खुलाइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.