नगरपालिका कार्यालय परिसरमा अभियान्तमाथी कुटपिट

असार २२, काठमाडौं । गोकर्णेश्वर नगरपालिका कार्यालय परिसरमै अभियान्तमाथी कुटपिट भएको छ ।

अनिमियतता र भ्रष्टाचार विरुद्धको अभियान सन्चालन गर्दै आएका स्थानीय सामाजिक अभियान्तहरुमाथी कुटपिट भएको पीडितहरुले बताइका छन् । आफुहरु सुशासन कार्यान्वयन गराउन दबाब दिदै रचनात्मक तरिकाले खबरदारी लागि नगरपालिका प्रवेश गर्न खोज्दा केही समूहले ज्यान मार्ने तरिकाले हातपात गरेको घाइते आदर्श क्षेत्रीले बताए ।

क्षेत्रीले सामाजिक संजाल फेसबुक मार्फत समेत आफुलाई सन्जय लामा भन्ने व्यक्तिले मार्न आएको र वचन सफल भयो भनेर जानकारी गराएका छन् । उनले भनेका छन सयौं युवाहरू जम्मा गराएर हामी माथी आक्रमण गर्न लगाइयो, अब त्यसउपर कानुनी प्रक्रियामा जान्छौ ।

आक्रमणबाट घाइते हुनेहरूमा राजु सुनुवार, गोविन्द आचार्य रहेका छन ।उनीहरु हाल नेपाल मेडिकल अस्पताल जोरपाटीमा उपचार भइरहेको आदर्शका आमा सकुन्तला बास्नेतले जानकारी दिइन । ज्यान मार्ने हिसाबले कुटपिटमा संलग्नहरुविरुद्द प्रहरीसमक्ष किटानी जाहेरी दिने तयारीमा रहेको उनले बताइन ।

व्याप्त अनियमितता, भ्रष्टाचार र दुर्गन्धित प्रशासनिक चलखेलविरुद्ध आवाज उठाउँदै आएका स्थानीय युवाहरु अहिले ज्यानै मार्ने धम्कीको डरमा बाँच्न बाध्य भएका छन्।

पछिल्लो समय नारायणटारस्थित अर्थोपेडिक अस्पतालको पार्किङमा भइरहेको आर्थिक अनियमितताबारे प्रश्न उठाएपछि उनीहरूमाथि दमनको चक्र तीव्र बनाइएको छ।

यो पहिलोपटक भने होइन, सूचनाको हकमार्फत नगरपालिकासँग तथ्य माग्दा नै उनीहरुलाई प्रहरीसँग मिलेर १३ दिनसम्म बौद्ध प्रहरी वृत्तको हिरासतमा थुनेर मानसिक यातना दिइएको थियो।

अनियमितता र भ्रष्टाचारविरुद्ध सत्य बोल्ने नागरिक अभियन्तामाथि नगरकै नेतृत्वले गुण्डा पठाएर दमन गर्ने गोकर्णेश्वर नगरपालिकाको हर्कतले यथार्थमा यो पालिका कसरी कुशासन, शक्ति दुरुपयोग र त्रास फैलाएर चलिरहेको छ भन्ने कुराको प्रमाण पेश गरेको छ।

अभियान्ताहरू सचेतनामूलक ब्यानरसहित अत्तरखेल वेशिगाँउ हुँदै नगरपालिका कार्यालयतर्फ खाली खुट्टामा आएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.