रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने ✍️ प्रारम्भ खबर 📅 १६ असार २०८२, सोमबार १५:४१ 168 असार १६, काठमाडौं । रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही-३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।