हतकडीसहित काठमाडौं जिल्ला अदालतबाट थुनुवा भागे

असार १५, काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् ।

आइतबार बयानका लागि अदालत पुर्‍याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार, उनी चोरी मुद्दाका आरोपी हुन् । उनी जेठ ३० गते पक्राउ परेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.