कतारमा रहेको अमेरिकी सैन्य बेसमा इरानद्वारा मिसाइल आक्रमण

असार १०, काठमाडौं । इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको छ। इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हो।

सीएनएनले दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त आक्रमणको पुष्टि गरेको छ। यस्तै कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ। कतारको विदेश मन्त्रालयका अनुसार मिसाइललाई आकाशमै नष्ट गरिएको कारण कुनै क्षति भने भएको छैन्।

गत सप्ताहान्तमा भएका आक्रमणहरूपछि इरानबाट अमेरिकी सैन्य संरचनाहरू लक्षित हुन सक्ने सम्भावनाको पूर्वानुमान गर्दै अमेरिकी अधिकारीहरू तयारी अवस्थामा रहेका थिए।

अल उदीद एयर बेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जसले क्षेत्रीय सुरक्षा तथा अमेरिकी सेनाको रणनीतिक तैनाथीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.