आजको मौसम : पाँच प्रदेशमा धेरै भारी वर्षा हुने

असार ५, काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव र भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । देशका थोरै स्थानमा अहिले चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.