बूढानीलकण्ठमा भारतीय नागरिकसँगै नेपाली युवती मृत भेटिइन्

असार १, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा एक भारतीय नागरिक र नेपाली महिला युवती भेटिएका छन् ।

थ्री–स्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको सुनिता सिंह ठकुरीको साढे २ तले घरमा भारतको पञ्जाब चन्डिगढ घर भएका वर्ष अन्दाजी ५४ को परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका ६ घर भइ हाल सोही घरमा काम गरी बस्ने वर्ष अन्दाजी २८ कि अन्जना तामाङ मृत फेला परेका प्रहरीले जनाएको छ।

भारतीय नागरिक गिलले भाडामा लिएको उक्त घरको पहिलो तलाको बिचको कोठाभित्र अन्जना र गिल मृत अवस्थामा फेला परेको खबर पाएपछि तत्काल प्रहरी टोली पुगेको थियो ।

त्यसक्रममा अन्जना तामाङ उक्त कोठाको सोफा माथि मृत अवस्थामा रहेको र उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । परमनारायण गिल उक्त कोठाको भुईंमा मृत अवस्थामा रहेकोमा उनको घाउचोट नदेखिएको र घटनास्थल नजिकै फलामको ह्यामर फेला पारेको थियो ।

जेठ ३० गते भएको उक्त घटनामा घटनास्थलमा सेल्फोस नामक विषादी समेत फेला परेको प्रहरीको भनाई छ । साढे दुई तल्ले घरमा पञ्जाव चण्डिगढका ५४ वर्षीय गिलले प्रेस सञ्चालान गर्दै आएका थिए ।

उनकै कारखानामा अन्जना ६ महिनादेखि काम गर्न पुगेकी हुन् । नेपाली महिलासित विवाह गरेका गिलको श्रीमती भने नेपाल बाहिर रहेको खुलेको छ। मृतक अन्जना पनि विवाहित हुन्। अन्जनाको श्रीमान् समेत वैदेशिक रोजगारीका लागि दुबई रहेको खुलेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.