अफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दलियो

जेठ २९, काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो दलियोएको छ ।

नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् । उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरे लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.