काठमाडौंमा पाँच दिने ताम्बा प्रशिक्षण सम्पन्न

जेठ २७, काठमाडौं । तम्बा संघ नेपालद्वारा आयोजित पाँच दिने ताम्बा सम्बन्धी प्रशिक्षण तथा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।

जेठ २२ देखि २६ गतेसम्म बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा आयोजित यस प्रशिक्षणमा देशभरका २१ जिल्लाबाट ताम्बाहरू (तामाङ समुदायका धार्मिक विद्वान) सहभागी भएका थिए।

समापन कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङ संस्कृतिमा ताम्बा परम्परालाई मुख्य प्राथमिकता दिएर कार्ययोजना बनाइएको बताए। उनले भने, “बौद्ध धर्म र तामाङ संस्कार(संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका लागि योजनाहरू कार्यान्वयन गरिँदै छन्। यसको उदाहरण यो ताम्बा प्रशिक्षण पनि हो।”
समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले तामाङ संस्कृति समृद्ध रहेको बताउँदै पछिल्लो समय देखिएका विकृतिहरू (जस्तै विवाहमा पैसाको माला लगाउने चलन) लाई निरुत्साहित गर्नुपर्ने बताए। उनले भने, “तामाङ समाजको तीन खम्बा ९ताम्बा, बोन्वो, लामा० मध्ये ताम्बा एक हो। हाम्रो मौलिक परम्परा अनुसार विवाहमा टोटलाको फुलको माला प्रयोग गर्नुपर्छ, पैसाको होइन। यसलाई पुनर्जीवित गर्न ताम्बाहरूले अग्रणी भूमिका खेल्नुपर्छ।”

यसैगरी पूर्वमन्त्री एवं संघका सल्लाहकार दावा लामाले तामाङका पूर्वजहरु पुर्खा मात्रै नभए उहाँहरु हाम्रा ताम्बा, बोन्वो, बैज्ञानिक समेत रहेको बताए । उनले ताम्बाहरुले सेरप कइरनमा मात्रै केन्द्रित नभई ताम्बाको ज्ञानलाई सत्ता संचालनसम्ममा ध्यान दिनुपर्ने बताए ।

मुख्य प्रशिक्षक मानवशास्त्री डा। मुक्तसिंह तामाङले युवा ताम्बाहरूले यस प्रशिक्षणबाट आवश्यक ज्ञान प्राप्त गरेको बताए। सहभागीहरूले यो कार्यक्रम उपयोगी रहेको बताउँदै यस्ता अभियान निरन्तर रूपमा आयोजना गरिनुपर्ने माग गरे। यस प्रशिक्षणले तामाङ समुदायको सांस्कृतिक विरासत संरक्षण र आधुनिक चुनौतीहरूसँग सामंजस्य कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष धावावाङ्गेल मोक्तानले पाँच दिने प्रशिक्षणबाट थप ज्ञान लिएको बताए । उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने बौद्धनाथ क्षेत्र विकास समितिलाई धन्यवाद दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.