टोखामा प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ घाइते भएका हुन् ।  प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो  । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.