राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

जेठ २६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। आज सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएर लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको दाबीसहित उनले गृहमन्त्रीले नैतिकता र इमान्दारितामा शंका नभए मार्गप्रशस्त गर्न आग्रह गरे। उनले भने, ‘भिजिट भिसालाई हामीले छोड्न चाहन्थ्यौँ। तर, यो भिजिट भिसाले हामीलाई छोडेन। त्यसैले हामीले यसलाई पकडिरहेका छौँ।’

उनले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिको छानबिनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको बताए। उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी गृहमन्त्रीले नै पठाएका कर्मचारीहरू भएको भन्दै उनले राजीनामा दिनु उपयुक्त हुने बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.