टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ २५, काठमाडौं। नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार विशेष अदालतमा टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत हालकी प्रबन्ध निर्देशक संगिता पहाडी लगायत १८ जना उपर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानि नोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैयाँ प्रतिवादीबाट असुलउपर गर्न अख्तियारले मागदाबी गरेको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । टेलिकमको नयाँ विलिङ प्रणाली खरिदमा अनियमितता भएको आरोप पत्रमा देखिएको रेम्मीले बताए।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.