अमेरिकामा गोली लागी मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

जेठ २४, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको मनासास पार्क सहरमा रहेको एक घरमा नेपाली परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय प्रहरीका अनुसार मृत्यु गोली लागेर भएको हो । मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षीय बालक रहेका छन् । प्रहरीले बालबालिकाको नाम सार्वजनिक गरेको छैन । घटना भएको घर नेपाली व्यक्तिको स्वामित्वमा रहेको र मृतक परिवार त्यहाँ भाडामा बस्दै आएको बताइएको छ । घरधनीको सूचनापछि प्रहरी बिहीबार राति १०:४० बजे घटनास्थल पुग्दा चार जनाको शव फेला परेको हो ।

प्रहरीले अनुसन्धान सुरु गरेको छ र शवहरूलाई पोस्टमार्टमका लागि मनासास अस्पताल लगिएको छ । घटना हत्या वा आत्महत्या के हो भन्ने यकिन नभएको र अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीलाई उद्धृत गर्दै स्थानीय अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार, घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ र चारै जनाको मृत्यु गोली लागेर भएको पुष्टि भएको छ। मृतक परिवार ६ महिनाअघि उक्त स्थानमा सरेर आएको बताइएको छ । मृतक बालिका मनासास पार्क प्राथमिक विद्यालयमा अध्ययनरत रहेको विद्यालयले पुष्टि गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.