प्रचण्डलाई प्रश्न गर्न खोज्दा वाइसीएलबाट कुटिए पत्रकार

जेठ १८, काठमाडौं । सञ्चारकर्मीमाथी राज्य र विभिन्न समूहबाट असुरक्षित बन्दै गएको बेला फेरि नेकपा (माओवादी केन्द्र) निकट वाइसीएलले कुटपिट तथा मोबाइल खोसिएको छ ।

आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई  प्रश्न सोधेको निहुँमा एक पत्रकारले कुटाइ खाएका छन् । माओवादी निकट वाईसीएलको कार्यक्रममा उनीमाथि कुटपिट भएको हो । प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेका एनपीएल प्रेसका सञ्चालकसमेत रहेका पत्रकार सुरज खड्कामाथी वाइसीएलका करिब २०–२५ जना कार्यकताले टाउको लगायत शरीरको विभिन्न भागमा चोटपटक पुग्ने गरि कुटपिट गरेको खुलेको छ ।

गाडीबाट झरेर हलभित्र पस्ने क्रममा अध्यक्ष प्रचण्डलाई प्रश्न सोध्ने प्रयास गर्दा फर्केर गाली गरेको र त्यसपछि वाइसीएलहरुले संघातिक हमला गरेको पीडित पत्रकार खड्ले बताए । आफूलाई झ्यापझुप पारेर एउटा कोठाभित्र लगेर थुनेको सुरजको भनाइ छ । उनी भन्छन्, ‘कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात्ति हाने । मेरो मोबाइल पनि खोसे ।’

आफूले अहिले पनि मोबाइल फिर्ता नपाएको उनी बताउँछन् । प्रचण्डलाई प्रश्न सोध्ने प्रयास गर्दा दुई दिनभित्र दुईजना कुटिएका छन् । हिजो मात्रै नुवाकोटको एक विद्यालयको कार्यक्रममा प्रचण्डलाई प्रश्न सोध्न खोजेका एक राजावादी युवकमाथि माओवादी कार्यकर्ताले हातपात गरेका थिए ।

उनले आफू त्यहाँबाट फुत्केर स्कुटर पार्किङसम्म गएकोमा वाईसीएलका कार्यकर्ता पछ्याउँदै आएको बताए ।आफू स्कुटर लिएर नक्सालसम्म आएको र त्यहाँबाट एकजना साथीलाई सम्पर्क गरेर अस्पताल आएको सुरजको भनाइ छ । उनी उपचारका लागि केएमसी अस्पतालको इमर्जेन्सीमा पुगेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.