जेठ १६, काठमाडौं । मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरले गणतन्त्र दिवसको अबसर पारेर आयोजना गरेको प्रतियोगिताको उपाधी योङ्ग हार्ट्स स्कुल गोकर्णेश्वरले जितेको छ।
कुल ३० स्वर्ण पदकका लागि भएकोमा प्रतिस्पर्धामा योङ्गहार्ट्सले ७ स्वर्ण २ रजत र ४ कास्य पदक जित्दै टिम प्रथम भयो भने,५ स्वर्ण २ रजत र ४ कास्य सहित बौद्ध डोजो दोश्रो, ४ स्वर्ण २ रजत र ३ कास्य सहित उत्तरबाहिनी डोजो तृतीय भएको छ ।
योङ्ग हार्ट्सका लागि एरिन्ज थोकर, निशा तामाङ, प्राश्ना के सी, मिलन मगर, बरदान मोक्तान, टीकामाया जिम्मी, समीर घलानले स्वर्ण पदक दिलाएका थिए भने देबआशिष् खड्का र ईभान्जेलिना बस्नेत रजत पदकमा सिमित भए।
मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको आयोजनामा शङ्खडोल कराते हल गोकर्णेश्वरमा भएको प्रतियोगितामा उपत्यका भित्रका ३० स्कुल/डोजोका ४६० जना खेलाडीको सहभागिता रहेको थियो।
बिजयी खेलाडीहरु लाई गोकर्णेश्वर नगरपालिका मेयर दिपक कुमार रिसाल,वडा न ५ का अध्यक्ष नारायण बहादुर सुवेदी,प्रतियोगिताका संयोजक श्रीकुमार श्रेष्ठ,मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरका अध्यक्ष केशब प्रसाद सिङ्खडा शंखडोल कराते एकेडमी प्रमुख शिवराम कारन्जित लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए।

