वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसीको निधन

जेठ १६, काठमाडौँ   ।   नेपाली पत्रकारिताका अग्रज पत्रकार तथा साहित्यकार बिजय चालिसेको निधन भएको छ ।

जोरपाटी बेसीगाउँ आत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रवार बिहान उनको निधन भएको हो । पछिल्लो समय आर्वुद रोगबाट पीडित पत्रकार चालिसेको श्वासप्रश्वास सम्वन्धि समस्यावाट मृत्यु भएको अस्पतालले जनाएको छ ।  बि.स. २००८ असार २२ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरुवारीमा जन्मिएका साहित्यकार चालिसेको शुक्रवार नै गोकर्णेश्वर मन्दिर बागमतिघाटमा अन्तिम संस्कार गरिने स्वर्गिय चालिसेको कान्छा सुपुत्र आलोक चालिसले जानकारी दिएका छन् ।

स्वर्गिय विजय चालिसे वरिष्ठ साहित्यकार रमेश विकलको जेष्ठ सुपुत्र हुन । नेपाली पत्रकारितामा समाचार संकलन तथा सम्पादन लगायतका दर्जनौ  पुस्तक र नेपाली साहित्यको कथा कविता, नाटक तथा बाल साहित्यका शसक्त साहित्यकारको रुपमा परिचित चालिसेका संयौ कृतिहरु प्रकाशित छन् ।

रमेश विकास साहित्यिक प्रतिष्ठानका संस्थापक समेत रहनु भएका साहित्यकार तथा पत्रकार विजय चालिसे गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा पूर्व कार्यकारी अध्यक्ष भई करीव ३० बर्ष गोरखापत्रमा बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.