अमेरिकाको भर्जिनियामा नेपाली व्यवसायीद्वारा सञ्चालनमा ल्याइयो अल फ्रेस फार्म

जेठ १३, काठमाडौँ । अमेरिकाको विन्चेस्टर भर्जिनियामा नेपाली व्यवसायीद्वारा अल फ्रेस फार्म सञ्चालनमा ल्याएको छ ।

नेपाली मुलबासी व्यवसायी, समाजसेवी तथा प्रारम्भ खबरका निर्देशक समेत रहेका मदन थापाले स्वस्थकार जीवनयापनका लागि दैनिक भान्सामा प्रयोग हुने स्वस्थ र ताजा तरकारी तथा फलफूल सहजरूपमा एकै ठाउँबाट उपलब्ध गराउन अल फ्रेस फार्मको सञ्चालन गरेको बताए ।

फार्मबाट खसी, कुखुराको मासु र अर्गनिक ताजा तरकारी लगायत फलफूल उत्पादन हुने बताइएको छ । व्यवस्त मानव जीवनलाई सहज र सरल बनाइ स्वस्थकार तरकारीका लागि अर्गनिक खेतीसहित व्यवसाय सञ्चालन गरेको थापाले बताए । डिजिटल प्लेटफर्ममार्फत अर्डर तथा डेलिभरीको व्यवस्थासहित सेवा प्रदान गर्ने उद्देश्यले अल फ्रेस फार्म विन्चेस्टर भर्जिनियाको सञ्चालन गरेको उनले बताए ।

अमेरिकाको विन्चेस्टर भर्जिनियामा रहेका नेपालीहरू समुदाय र स्थानीयवासीहरूको दीगो र स्वस्थकार जीवन प्रदान गराउनका लागि नेपाली स्वादसहितको रायो, चमसुर, पालुङ लगायतको सागसब्जी उब्जाउ गरिने जानकारी दिए । चाडपर्व, विवाह, उत्सवको भोजमा समेत आवश्यक पर्ने ताजा मासुजन्य तरकारी र हरियो सागसब्जी अर्डरअनुसार व्यवस्था गर्न सकिने बताउँदै आवश्यक जानकारी तथा अर्डर गराउन वेभसाइट तथा फेसबुक पेजसमेत सञ्चालनमा ल्याइएको छ ।

निम्न वेभसाइटमार्फत आफुलाई चाहिने तरकारी अर्डर गर्न सक्नुहुनेछ । https://www.allfreshfarm.com/  

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.