जेठ ७, काठमाडौँ । तिलगंगा स्थित पशुपति भिजन कम्प्लेक्स बस अनियन्त्रित हुँदा एकै पटक पाँच वटा सवारी सधान ठोकिएको छ । आज विहान करिव १० बजेको समयमा बाबा गोकर्णेश्वरको बस अनियन्त्रित हुँदा माइक्रो बस, मोटरसाइकल, स्कुटर लगायतमा क्षति पुगेको छ । एकपछि अर्को सवारी साधन ठोकिएपछि सडक अवरुद्ध भएको छ । क्षतिको विवरण आउन बाँकी छ । तस्बीरः प्रदीप कुमार श्रेष्ठ





