गोकर्णेश्वरमा दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता हुने

जेठ ६, काठमाडौँ । गोकर्णेश्वरमा दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते  प्रतियोगिता हुने भएको छ ।

नेपाल सोतोकान कराते डो संघ काठमाडौँ जिल्ला समितिको आयोजनामा जेठ १० र ११ गते अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोेगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित शंखडोल कराते एकेडेमीको हलमा हुने सो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि करिब ६ सय खेलाडीहरूको सहभागी रहने आयोजकले जनाइएको छ । जसमा नेपालबाट ४ सय जना (महिला÷पुरूष) र बाहिर देशबाट २ सय जना (महिला ÷पुरूष) खेलाडीहरूको सहभागीता रहने बताएको छ । उक्त खेल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ४५ जना रेफ्रि रहने जनाएको छ ।

जेठ १० गते उद्घाटन हुने खेलमा उमेर र तौल समूह गरि पुरूष र महिला खेलाडी समूहलाई वर्गिकरण गरिएको छ । जसअन्तरगत २०केजी देखि ६५ केजी र खुल्ला तौलसम्म पुरूष तथा महिला दुबैतर्फको खेलाडी रहने आयोजकले जनाएको छ । साथै जुनियर काता र सिनियर दुबैतर्फ कातामा महिला र पुरूषबीचको छुटाछुट्टै प्रतिस्पर्धा रहने छ ।

नयाँ खेलाडीको उत्पादन र देशलाई अन्तराष्ट्रिय मञ्चमा प्रतिनिधित्व गराउने र अन्तरदेशीय सम्बन्ध निर्माण गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गर्न लागिएको नेपाल सोतोकान कराते डो संघ काठमाडौँ जिल्ला समितिका अध्यक्ष कुमार नेपालीले बताए ।

दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते  प्रतियोगिताबारे मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाल सोतोकान कराते डो संघ केन्द्रीय कमिटिका  प्रशिक्षक एवम् महासचिव गोविन्द श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष फुरलाक्पा शेर्पा, प्राविधिक कमिटि सदस्य एवम् वरिष्ठ प्रशिक्षक चित्र प्रसाद श्रेष्ठ, संघका केन्द्रीय सदस्य एवम् राष्ट्रिय रेफ्रि अंकध्वज मोते, केन्द्रीय सदस्य लाक्पा पाख्रिन, डो संघ काठमाडौँ जिल्ला सदस्य भवानी दंगाल र रामनारायण श्रेष्ठ लगायत खेलाडीहरूको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.