स्थानियको सक्रियतामा मकालबारीमा प्रहरी बिट निर्माण

असोज १२, काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्थित मकालबारीमा टोलबासीको सक्रियतामा महानगरीय अस्थायी प्रहरी बिट निर्माण भएको छ ।

बिटको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका गृहमन्त्री थापाले समाजमा शान्ति सुरक्षा र सुशासन कायम राख्न जनताको सहभागीता अनिवार्य रहेको बताए । उनले भने– ‘प्रहरीले मात्र सुरक्षा प्रदान गर्न सकिदैन, त्यस अभियानमा जनताको पनि उल्लेख्य भूमिका रहन्छ ।’ जनताले सहि सूचना दिएर प्रहरी र राज्यलाई सहयोग गर्न आग्रह गर्दै भ्रष्ट्रचारी, अनिमियतता, गुण्डाघर्ति र सामाजिक अपराध नियन्त्रणमा सरकार अगाडी बढेको बताए ।

कार्यक्रममा काठमाडौं ३ का प्रतिनिधि सभा सांसद कृष्ण राई, प्रदेश सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे, महानगरीय प्रहरी काठमाडौंका प्रमुख बसन्त लामा लगायत सहभागी रहेका थिए ।

मकालबारी क्षेत्रमा बढ्दै गरेको लागूऔषध दूव्र्यसनी, महिला हिंसा, लुटपाट जस्ता सामाजिक अपराधलाई नियन्त्रण गर्न सुरक्षाको आवश्यकताअनुरुप त्यस क्षेत्रमा प्रहरी बिट निर्माण गरेको व्यवस्थापक समितिका अध्यक्ष पेमा छिरिङ लामाले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.