जेठ ४, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखामा सूचना अधिकारीमा नियुक्त भएका छन् ।
सोही कार्यसमिति सदस्य गणेश विकलाई सूचना अधिकारी तोकिएको शाखाका सचिब रमेशकुमार बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पत्रकारहरुको साथमा पहिलो पटक सूचना अधिकारी नियुक्ति गरेको पहिलो अभ्यास भएको भन्दै सरोकारवालाहरुले स्वागत गरेका छन ।
यस अघि पत्रकार तथा सूचना हकको अभियन्ता भीम लामाले सूचना अधिकारीको व्यवस्थापन सहित विभिन्न ६ बुदामा त्यस कार्यालयमा सूचना माग गरेका थिए । संविधानको धारा २७ ले सार्वजनिक चासो वा सरोकार राख्ने निकायहरुमा हरेक नागरिकले सहजै सूचना पाउने अधिकार सुनिश्चित गरेकोले सत्य, तथ्या र सुशासनका लागि खबरदारी गरिने सस्था पत्रकार संगठनभित्र पार्दशी हुनुपर्ने माग सहित सूचना मागिएता पनि कार्यालय अन्योल अवस्थामा रहेको सूचना अभियन्ता लामाले बताए ।
सोही अनुरुप महासंघको आन्तरिक सूचना व्यवस्थापन तथा प्रचार–प्रसार सुदृढ गर्नका लागि विकलाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ । पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् ।
विकले लामो समयदेखि विभिन्न रेडियो, छापा तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी ‘खप्तडटिभी’ का अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका छन् ।

विकले विगतमा अनुसन्धानमूलक पत्रकारितामार्फत सामाजिक विकृति, अपराध र सत्ता दुरुपयोगका विविध घटनाहरुलाई उजागर गर्दै आएका छन् । शाखाले विकलाई विश्वास व्यक्त गरेको छ कि विकको पत्रकारिता अनुभव र सक्रियताले महासंघको सूचना व्यवस्थापन थप प्रभावकारी र जनमुखी बन्नेछ ।
नयाँ जिम्मेवारी पाएकोमा विकले महासंघप्रति आभार प्रकट गर्दै पत्रकारहरूको हकहित र सूचना प्रवाहमा आफू पूर्ण रूपले समर्पित रहने बताएका छन् ।
यस निर्णयसँगै विकले शाखा र पत्रकारबीच सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरेको शाखाका सचिव रमेश कुमार बोहोरा बताउँछन् ।

