जुनियर उसु प्रतियोगिताको उपाधी ईष्टपोललाई

वैशाख २९, काठमाडौं । चौथो उपत्यका क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिताको उपाधी ईष्टपोलले जितेको छ।

१० स्वर्ण २ रजत र ३ कास्य सहित ईष्टपोल टिम प्रथम भएको छ।भने,७ स्वर्ण ११ रजत र ४ कास्य सहित,मनमैनु टिम दोश्रो ६ स्वर्ण र ७ कास्य पदक सहित आयोजक जोरपाटी उसु क्वान टिम तेस्रो भएको छ। ३ दिन सम्म भएको उसु प्रतियोगिता आज गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा सम्पन्न भयो ।

बिजयी खेलाडीहरुलाई नगर प्रमुख दीपक कुमार रिसाल
उप प्रमुख सान्नानी लामा लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.