वैशाख २६, काठमाडौँ । आगामी जेष्ठ ८ गते देखि १५ गतेसम्म नवौ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिवल लिग हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै खेलमा सहभागी टिम र पुरस्कारबारे जानकारी दिएको छ । जसमा महिलाको ८ पुरुषको ८ गरी जम्मा १६ वटा टिमले सहभागिता जनाउने छन् । उक्त खेलमा क्रमशः प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेले रू. आठ लाख, चार लाख र दुई लाखका दरले नगद पुरस्कारसहित सिल्ड ट्रफी पाउने छन् । त्यस्तै उष्कृष्ट लियो, सरभर, ब्लकर, लिफ्टर स्पाइकर र टिम प्रशिक्षकले जनही २५÷२५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता व्यवस्थापनमा करिब नब्बे लाख लाग्ने अनुमान गरेको छ भने पुरस्कार राशी ३२ लाखको रहेको बताएको छ । भलिवलको इतिहासमा सबभन्दा धेरै राशिको पुरस्कारको शुरुवात गरेको जानकारी पत्रकार सम्मेलनमार्फत नेपाल भलिवल संघका उपाध्यक्ष भरत शाहले जानकारी दिए । पत्रकारहरूको जिज्ञासाको जावाफ दिदै अध्यक्ष जितेन्द्र बहादुर चन्दले खेलाडी र खेल क्षेत्रको विकासका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको बताए । पत्रकार सम्मेलन तथा अन्तरक्रियात्मक कार्यक्रमको संचालन महासचिव रोशन श्रेष्ठ गरेका थिए ।

