अवतरणका क्रममा रहेको विमान समुद्रमा पुग्यो

असोज १२, काठमाडौं । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ ।

प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यस्तो दुर्घटना भएको हो । विमानमा यात्री र चालकदलका सदस्य गरी ४७ जना सवार थिए । विमानमा सवारमध्ये केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

एयर न्यूगिनीको विमान अनियन्त्रित भएर समुद्रमा पुगेको बताइएको छ । दुर्घटनाको कारणबारे अधिकारीहरुले अनुसन्धान भइरहेको जनाएका छन् । तत्कालै उद्धारकर्मीहरुले समुद्रमा तैरिएको विमानबाट यात्रीलाई उद्धार गरेका थिए । साना डुंगामा राखेर यात्रीलाई बाहिर निकालिएको थियो । –एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.