तीन दिनसम्म पानी पर्ने : सतर्क अपनाउन आग्रह

वैशाख २१, काठमाडौं। तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन बिभागले अनुरोध गरेको छ। यसैबीच देशभरी परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन्। नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अबरूद्ध हुन पुगेका छन्।

जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पूर्ण रूपमा अबरूद्ध भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउपालिका–२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ। त्यसो त नवलपरासी पूर्वको बिनयी खोलमा आएको बाढीले बिनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पूर्ण रूपमा अबरोध भएको नेपाल प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.