कागेश्वरी गागलमा श्रम शिविरः स्थानीयको उत्साहजनक सहभागिता

वैशाख २१, काठमाडौँ । नेकपा (एमाले) को ७६ औँ स्थापना दिवस पूरा भएको अवसरमा काठमाडौँ जिल्ला प्रदेशसभा निर्वाचन समन्वय कमिटि ३ (२) को आयोजनामा श्रम शिविर सञ्चालन भएको छ ।

शनिवार आयोजित श्रम शिविरमा कागेश्वरी मनोरहा नगरपालिका वडा नं. १ स्थित गागलको कुलापारी सहिदपार्क सडकमा निर्माणमा स्थानीयवासी तथा एमाले नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको अभियानका संयोजक एवम् कागेश्वरी मनोहरा १ का अध्यक्ष मकुन्द प्रसाद गजुरेलले जानकारी दिए । श्रम शिविरमा सबैले आ–आफ्नो घरबाट साबेल, कुटो कोदालो, कोदाली लगायत औजार बोकेर सडक निर्माणमा सहभागी रहेको संयोजक गजुरेलले बताए ।

अभियान केबल दुःखका लागि मात्र नभइ श्रम संस्कृतिको सम्मानका लागि सञ्चालन गरेको उनले बताए । श्रम अभियानले नेता कार्यकर्ता र जनताको सम्बन्ध विस्तारका लागि सभ्य समाज निर्माण एवम् सामाजिक दायित्व बोध गराएको छ । वडा अध्यक्ष एवम् अभियान संयोजक गजुरेलले थपे– ‘श्रम अभियान जनतासंग भावनात्मक सम्बन्ध स्थापित गर्ने राजनैतिक अभियान अभियान पनि हो ।’

श्रम शिविरमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् काठमाण्डौ जिल्ला ईन्चार्ज आनन्द पोखरेल, पोलिटब्यूरो सदस्य द्वय रामेश्वर फुयाल र कृष्ण राई सहितको नेतृत्वमा सयौं स्थानीय नेता कार्यकर्ताको बाग्लो उपस्थिति रहेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.