प्रदेश ७ राजधानी विवादः आज पनि प्रदर्शन जारी

असोज १२, धनगढी । प्रदेश ७ को राजधानीलाई लिएर केही दिनदेखि धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी छ ।

प्रदेश ७ सरकारले गोदावरीलाई प्रदेश ७ को राजधानी तोकेपछि प्रदर्शनमा उत्रिएका असन्तष्टहरुले आज पनि प्रदर्शन जारी राखेका हुन् । आन्दोलनकारीहरुले अहिले प्रदेश ७ को प्रदेशसभा भवनअगाडि भेला भएर धर्ना दिइरहेका छन् । वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै उनीहरुले धनगढीलाई नै स्थायी राजधानी तोक्न माग गरेका छन् ।

जारी आन्दोलनलाई धनगढी उपमहानगरपालिका मेयर नृप बड स्वयंले अगुवाइ गरेका छन् । प्रदेश राजधानीलाई लिएर धनगढीका मेयर बडले उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले कारबाही माग गर्दै जिल्ला प्रशासन, कार्यालय कैलालीमा लिखित निवेदन नै दिएका छन् । मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर आफूबाट केही गलत शब्द प्रयोग भएको भन्दै माफी मागेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.