रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

वैशाख १०, काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्। शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएकी थिइन्। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको समयमा भट्टराईको राजीनामा आएको थियो।

नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ भोली गराउने तयारी भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.