जम्मू कश्मीरमा आतंकवादी आक्रमण : एक नेपाली सहित २६ जनाको मृत्यु

वैशाख १०, काठमाडौं । भारत प्रशासित जम्मू कश्मीरमा आतंकवादीले आक्रमणमा गर्दा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

कश्मीरको पहलगामनजिकै भएको उक्त घटनामा परेका नेपाली नागरिक रूपन्देहीका बासिन्दा भएको र उनी आफ्नी आमासहित कश्मीर घुम्न गएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली राजदूतावासका अनुसार बुटवल घर भएको एउटा परिवार कश्मीर घुम्न भएको थियो । मृतक धरानमा अध्ययरत सुदीप न्यौपाने भएको उनका आफन्तहरूले पुष्टि गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार आफन्तहरूसँग घुम्न गएका बुटवलका नेपाली युवकको गोली प्रहारबाट मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् । उनीसँगै उनकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको र अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.