चैत २२, सिन्धुपाल्चोक । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा क्षेत्र बहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न प्रथम भेलाले तामाङलाई सर्वसम्मत चयन गरेको हो ।
तामाङको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्षहरुमा बिर बहादुर तामाङ पाख्रीन र वीर बहादुर स्याङतान चयन भएका छन् । त्यस्तै सचिवमा बिक्रम बहादुर तामाङ, सह–सचिवहरुमा तेजबहादुर तामाङ र रत्न सागर तामाङ चयन भएका छन् भने कोषाध्यक्ष सेर बहादुर तामाङ चयन भएका छन् ।
प्रथम भेला सदस्यहरुमा, सुमित्रा तामाङ, कामना तामाङ, रेशम बहादुर तामाङ , सन्तोष तामाङ ,सचिन तामाङ ,राजुु तामाङ ,बिराज तामाङ, जमुना तामाङ, सुनमाया तामाङ, पदम बहादुर तामाङ चयन भएका छन् ।
क्षेत्र नम्बर १ बाट केन्द्रिय प्रतिनिधिहरूमा
१) क्षेत्रीय अध्यक्ष कमल ध्वोज लामा २) रत्न सागर लामा
३) सुशील तामाङ ४) सिर्जना तामाङ
प्रदेश (क) संयोजक राजु लामा ५) बिरुम तामाङ
क्षेत्र नम्बर २ बाट केन्द्रिय प्रतिनिधिहरूमा
१)क्षेत्रीय अध्यक्ष बिकास लामा २) फुर्पा तामाङ
३) बिर बहादुर तामाङ ४) अष्ट माया तामाङ ५) मिग माया तामाङ
प्रदेश १ (ख ) संयोजक पेम्बा लामा बागमती प्रदेश प्रतिनिधिहरु १) हस्ता बहादुर तामाङ २) राज कुमार तामाङ ३) ईन्द्र बहादुर तामाङ ४) समिर तामाङ ५) साली तामाङ
प्रदेश २ (क) संयोजक निमा ग्याल्बो लामा बागमती प्रदेश प्रतिनिधिहरु १) सुकु बहादुर तामाङ २) जन बहादुर तामाङ ३) सुकुमान तामाङ ४):पञ्च बहादुर तामाङ ५)लक माया तामाङ ६) सञ्जु तामाङ
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंगबहादुर तामाङको प्रमुख आतिथ्य र तामाङ संघका केन्द्रिय सदस्य बागमती प्रदेश संयोजक बिलाम मुक्तानको विशेष आतिथ्यमा भएको जिल्ला अधिवेशनमा मेलम्ची नगरपालिका मेयर आइता सिं तामाङ, महासमिति सदस्य बंशलाल मोक्तान, शिव सुनार तथा नेताहरूको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि जंगबहादुर तामाङले तामाङहरु पार्टीमा सक्रिय नरहेको हुँदा आज १८ बर्षपछि संघको प्रथम अधिबेशन गर्नुपरेको बतार । पार्टीमा तामाङ समुदाय चलयमान भएको भए पाँचौ अधिवेशनको रूपमा नेतृत्व उत्पादन गर्ने अवसर मिल्थ्यो तर त्यसको जस अपजस हामिले नै लिनुपर्छ उनले बताए । प्रमुख अतिथी तामाङले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाइ शुभकामना दिदै आफ्नो जिम्मेवारी र कर्तव्यलाई इमानदारीपूर्वक कार्यन्वयन गर्न निर्देशन दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य बंशलाल मोक्तानले तामाङहरुको सक्रियताले कांग्रेस बलियो हुदै गएको हुँदा अझै तामाङ संघले थप उर्जाशील र सशक्त पार्दै लैजानुपर्ने बताए । महासमिति सदस्य शिब सुनुरले नेपाली कांग्रेस पार्टीले स्थापनादेखि नै समावेशी अवधारणालाई अघि सारेको बताए । उनले थपे बिपीको मन्त्रीमण्डलमा समावेशी प्रतिनिधित्व भएको थियो ।
त्यस्तै केन्द्रीय प्रतिनिधि बिलाम मुक्तानले कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण तामाङहरुलाई चारतारे झण्डा मुनि गोलबद्ध गराउँदै ´सबै अट्ने देश, सबैलाई जोड्ने नेपाली काँग्रेस’ भन्ने मुल नारालाई अंगिकार गरेको बताए । यसैगरी उनले थपे :- परमान सिं मोक्तान, दामन पाख्रिनदेखि तामाङ समुदायको निष्ठावान नेता भिमबहादुर तामाङ, बिकाश लामा जस्तै थुप्रै तामाङ नेताहरूको अगुवाइमा गिरिजाप्रसाद कोइरालाले २०६३ साल बैशाख ३ गते बसन्तपुर काठमाडौमा तामाङ संघको घोषणा गरेको थियो । अग्रजहरुको सम्मानका लागि पार्टी पंक्तिमा रहेर सामाजिक सेवामा तत्परता देखाउनुपर्ने बताए।

