काभ्रे जिसस प्रमुख दीपक गौतम पक्राउ

चैत १३, काठमाडौं । काभ्रे जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतम पक्राउ परेका छन्। प्रहरीले गौतमलाई बैंकिङ कसुर मुद्दामा काठमाडौंबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ। उनी पछिल्लो समय एमाले र काङ्ग्रेसका नेतासँग हिमचिम बढाउदै आफ्नै पार्टी नेकपा (एकीकृत समाजवादी) बिरुद्ध लागेको आरोप छ ।

गौतमविरुद्ध काभ्रेमा बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेका थिए। विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.