संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति

चैत ११, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच संमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ।

आज सिंहदबारमा बसेको शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने विषयमा उक्त सहमति गरेको हो। आयोगको अध्यक्ष तथा सदस्य सिफारिस गर्न सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउने विषयमा सहमति भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार समेत रहेका एमाले नेता अग्नि खरेलले जानकारी दिएका छन्।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेतासँग परामर्श गर्नुभयो। परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढाउने छ,’ उनले भने।

यसैगरी, बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले आज संक्रमणकालीन न्यायको विषय अगाडी बढाउन दुबै आयोग गठन गर्न सिफारिश समिति गठन गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच सहमति भएको प्रस्ट पारेका छन्। अब सरकारले चाडै सिफारिश समिति गठन गर्ने उनको भनाइ थियो।

बैठकमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री ओली र कानुनी सल्लाहकार अग्निप्रसाद खरेल, कांग्रेसबाट सभापति देउवा र गृह मन्त्री रमेश लेखक तथा माओवादीबाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, खिमलाल देवकोटा सहभागी थिए।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.