नेपाली कामदार विनातलब रित्ताे हात फर्किए

असोज १२, काठमाडौं । कतारले सन २०२२ मा विश्वकप फुटबल आयोजना गर्दैछ तर, त्यही विश्वकप आयोजना हुने स्टेडियम बनाउन काम गर्दै आएका नेपालीलाई भने दुई वर्षसम्म काम लगाएर विनातलब नेपाल फर्काइएको छ।

सन २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करीमिना नामक कम्पनीले ३४ नेपाली कामदारलाई दिनुपर्ने झण्डै ६८ लाख रुपैयाँ भुक्तानी नदिई नेपाल फर्काइदिएको हो।विनातलब युवा स्वदेश फर्किनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवस्ता प्रमुख कारण रहेको पीडितको गुनासो छ। सो कम्पनीमा कार्यरत ३४ नेपालीले पटकपटक नेपाली नियोग, वैदेशिक रोजगार विभग र म्यानपावर कम्पनीलाई सहयोगका लागि अनुरोध गरेका थिए। बारम्बारको आग्रहको सुनुवाइ नभएपछि आफूहरू रित्तै घर फर्किएको पीडितले बताए। कतारमा आफ्ना नागरिकलाई सहयोग गर्ने कार्यमा नेपाली निकायहरू चुकेको एमनेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

सन २०१७ मे महिनौँदेखिको तलब नपाएर नेपाली कामदार अलपत्र रहेको जानकारी पाउँदा समेत सरकारले बेवास्ता गरेको रिपोर्टमा जनाइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.