उज्यालो नेपालको नायक भारत हो : ऊर्जा मन्त्री खड्का

चैत ६, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब घरमै लोडसेडिङ हुने अवस्था आएको बताएका छन्।

मन्त्री खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएका हुन्। भारतबाट झन्डै ८०० मेगावाट विद्युत् आयात भइरहेको र स्वदेशी उत्पादन एक हजार मेगावाटको हाराहारीमा रहेकाले लोडसेडिङ नदेखिएको उनले जिकिर गरे। बुधबार राष्ट्रियसभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले नेपाल विद्युत् प्राधिकरणले सही ढंगले काम गर्न नसकेको आरोप लगाएका छन्। लोडसेडिङको अन्त्य भनिए पनि उद्योगमा हालसम्म लोडसेडिङ नहटेको उनको भनाइ छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालोको नायक बनाएको भन्दै उनले असन्तुष्टि जनाए। “उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिऊँ। निजी क्षेत्रलाई दिऊँ, जसले उत्पादन गरेको छ। जसले परिपूर्ति गरिदिएको छ,’ उनले भने।

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिएपनि महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.