कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण पस्तुत गर्नुभयो : राजेन्द्र लिङ्देन

फागुन २२, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मन्त्रीजस्तो व्यक्तिले संसदलाई झुटा विवरण दिनु उचित नभएको र सदनमा मुर्खहरुमात्र बसेको नठान्न आग्रह गरेका हुन्।

कर्मचारीलाई सरकारले कारिन्दा र नोकर मात्र ठान्छ भने आफुहरु त्यस्ता कर्मचारीको पक्षमा उभिने उनले बताए। उनले ३५ अर्व घाटामा रहेको प्राधिकरणलाई ८ बर्षमा ५२ अर्व खुद नाफामा लाने कुलमानप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविधुत क्षेत्रमा नकारात्मक सन्देश जाने धारणा राखे। लिङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित बिपरित कार्य नगर्न ऊर्जामन्त्रीलाई सुझावसमेत दिए।

उहाले ऊर्जामन्त्रीको कुरा सुन्दा व्यवसायीहरुबाट २२ अर्व रुपैया नउठाउने संकेत देखिएको भन्दै त्यस्तो गर्न नपाइने जिकिर गरे। उनले आफ्नो स्वार्थका लागि कुलमानलाई हटाउने कामबाट पछि हट्न र परिस्थीति बिग्रन नदिन ऊर्जा मन्त्रीलाई सुझाव दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.