क्रियटिभ सरसफाइकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण

फागुन २२, काठमाडौँ । फोहोरमैला व्यवस्थापन गर्दै आइरहेको क्रियटिभ सरसफाई प्रा.लि.का ८० जना सरसफाईकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेको छ ।

आइएलओ नेपालका लागि निर्देशक नुमान ओज्कान लगायत फोहोरमैला व्यवसायी संघ नेपालका प्रतिनिधिले बुधबार सरसफाई प्रा.लि. गोकर्णेश्वरमा एक विशेष कार्यक्रम गरि उक्त सामग्री वितरण गरेका हुन् । आइएलओले श्रमिकको हक, अधिकार, स्वास्थ्य सुरक्षा र न्यायका लागि काम गर्दै आइरहेको छ । त्यस्तै फोहोरमैला व्यवस्थापनमा खटिने श्रमिकहरू बढि जोखिम रहने भएकोले व्यक्तिगत सुरक्षा उपकरण अपनाउनुपर्ने र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने आइएलओ नेपालका निर्देशक नुमान ओज्कानले बताए ।

समाजको फोहोर संकलन गरि सुन्दर समाज निर्माणमा सरसफाईकर्मीको महत्वपूर्ण योगदान पु¥याएको बताउदै निष्पक्ष र मर्यादित श्रम स्थापित गर्न सबैको साझा जिम्मेवारी रहेको उनले बताए । श्रमिकहरूले आफ्नु सुरक्षाका लागि आवश्यक पर्ने उपकरणको प्रयोग गर्ने आराम गर्ने, नियमित स्वास्थ्य परिक्षण गर्ने लगायत विषयमा श्रमिक र रोजगारदाताले गम्भीर ध्यान पु¥याउनुपर्ने निर्देशक ओज्कानले बताए । उनले आइएलओ जापान सरकारले नेपालसंग फोहोरमैला व्यवस्थापनको लागि काम गर्ने तयारी रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष केशव गुरूङले फोहोरमैला व्यवस्थापनमा सामाजिक, प्राविधिक कटिनाईहरू आउन आएपनि नीजि क्षेत्रबाट क्रियटिभ सरसफाई प्रा.लि.ले आफ्नो वडामा चत्तबुझ्दो काम गरेको बताउँदै आगामी दिनमा स्थानीय सरकारको तर्फबाट सहकार्य गरिने प्रतिवद्धता गरे ।

त्यस्तै क्रियटिभ सरसफाई प्रा.लि. का सञ्चालक बबरमान तामाङले कर्मचारीहरूलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेकोमा आइएलओ र फोहोरमैला व्यवसायी संघ नेपालका परिवारलाई धन्यवाद दिए । फोहोरमैला व्ववस्थापनको कार्यले सयभन्दा बढि श्रमिकलाई रोजगार उपलब्ध गराउँदै आएको बताए । फोहोर संकलनमा केही कठिनाइ अझै रहेको उल्लेख गर्दै घरबाटै फोहोरको सही व्यवस्थापन गर्न उपभोक्तहरूलाई आग्रह गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.