अवैध नेपाली लिएर नेपाल आउँदै अमेरिकी चार्टर विमान

फागुन २०, काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ ।

अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन लागेको हो । निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए। अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो ।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो । स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा १० नेपाली रहेका छन् । विस्वस्त स्रोतका अनुसार करिब एक महिनाअगाडि नेपालस्थित अमेरिकी दूतावासले निष्कासित भएका केही नेपालीलाई चार्टर जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालयलाई जानकारी गराएको थियो ।

पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ । जनवरी २० पछि उक्त संख्यमा बढोत्तरी भएको स्रोतको दाबी छ । अमेरिकाले अंग्रेजी महिना जनवरी र फेब्रुअरीमा गरी २९ जनालाई निष्कासन गरेको हो । ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल फर्काइएका हुन् । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानुनी रूपमा बसोबास र अध्यागमन कानुनविपरीत काम गरेको आरोप लगाइएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.