आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्रले जित्यो केपी ओली कपको उपाधि

फागुन १९, काठमाडौं । केपी ओली कपको उपाधि  मछिन्द्र क्लबले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो।

मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए। खेलको २९औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्नेक्रममा आफ्नै पोष्टमा बल छिरेपछि ग्ल भएको थियो। मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो। प्रतियोगिता जितेसँगै मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

यो फाइनलमा इटालियन महान विश्व कपमा विजेता पूर्व कप्तान एवम् गोलकिपर जियानलुइगी बुफोन विशेष अतिथिको रुपमा भएको उपस्थितिले दर्शकको उपस्थिति खचाखच रहेको थियो। आयोजकले जथाभावी पास वितरण गरेका कारण आधा भन्दा बढी दर्शक खेल हेर्न नै नपाएर फर्किएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.