फागुन १९, काठमाडौँ । काठमाडौं उपत्यकास्तरीय उपप्रमुख सञ्जालको आठौं बैठक सम्पन्न भएको छ।
आइतबार सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकाको व्यवस्थापनमा सम्पन्न भएको हो । बैठकमा नीति कार्यक्रम, बजेट निर्माण, राजस्व सुधार, आयोजना बैंक निर्माण तथा उपप्रमुख÷उपाध्यक्षको कार्यक्षेत्राधिकारका विषयमा राष्ट्रिय योजना आयोगका प्रशासकीय अधिकृत नवराज पराजुली र स्थानीय पालिकाहरूमा मातृभाषा (कामकाजको भाषा) कार्यान्वयनको सवालका सम्बन्धमा भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरज्यूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

आगामी दिनमा नीति,कार्यक्रम बजेट तथा आर्थिक विधेयक निर्माण तथा मातृभाषा (बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा) कार्यान्वयन गर्ने चरणमा एकीकृत ढंगबाट जानुपर्ने विषयमा छलफल भएको थियो । उपप्रमुख÷उपाध्यक्षहरूले निर्वाह गरिरहेको पालिकाको गहन जिम्मेवारी तथा कार्य सम्पादनमा भोग्नुपरेको विविध जटीलताहरू र असल कार्यहरूको अनुभव आदानप्रदान लगायतका विषयहरूमा समेत अन्तरक्रिया गरि बैठक समापन भएको आयोजकले जानकारी दिए ।

