फागुन १६, काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका
वडा नं. ९ स्थायी घर भइ हाल बनेपा नगरपालिका वडा नं. ८ मा परिवारसंगै बसोबास गर्दै आएको १५ वर्षिया बालक हराएको हुँदा खोजि कार्य गर्न परिवारले आग्रह गरेको छ ।
फागुन १२ गते स्कूल पोषकमै घरबाट स्कुल निस्किएको कक्षा ८ मा अध्ययनरत आरूष लामा घरपरिवार र स्कूलबाट सम्पर्क विहिन भएको उनका आमा डोल्मो माया लामाले जानकारी दिइन् ।
४ दिन बितिसक्दा समेत स्कूल र घर परिवारमा सम्पर्कमा नआएपछि खोजि कार्यमा लाग्न प्रहरीमा निवेदन समेत पेस गरेको परिवार स्रोतले बताएको छ । उनलाई भेटाउनुहने महानुभावलाई निम्न सम्पर्क नं. ९८०१०३९७४३८÷९८६११६२६०५ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

