हिमालय भोटे युवा क्लब काठमाडौंको अध्यक्षमा छिरिङ धेन्डुक भोटे चयन

फागुन ३, काठमाडौँ । हिमालय भोटे युवा क्लब काठमाडौंको पाँचौ बार्षिक साधारणसभा तथा चौथो अधिबेशनबाट छिरिङ धेन्डुक भोटे अध्यक्षमा चयन भएका छन् ।

शनिवार काठमाडौँमा भएको अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन् । सो समितिको उपाध्यक्षमा डुक्पा भोटे, महासचिवमा तेम्बा भोटे, सचिवमा छिदेन भोटे र कोषाध्यक्षमा सम्झना भोटे चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा सोनिका भोटे, फुर्वा ल्हाचिक, मिक्मा ज्याबु, छिरिङ साङबु भोटे चयन भएका छन् । हिमालय भोटे समाजका अध्यक्ष मिथुन भोटेको अध्यक्षतामा छिरिङ पाण्डे भोटे, ताप्चेन भोटे सदस्य रहेको निर्वाचन मण्डलले उक्त समिति चयन गरिएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.