बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री र मेयरलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

फागुन ३, काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरीका अनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । मन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.