स्थानीय तह केन्द्रित अनुसन्धानलाई तीव्र

असोज ११, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा भ्रष्टाचार र अनियमिततासम्बन्धी बढी उजुरी परेकाले स्थानीय तह केन्द्रित अनुसन्धानलाई तीव्र बनाएको छ ।

आयोगमा हालसम्म परेका उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहमा भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरी परेका छन् । स्थानीय तहसम्बन्धी करिब एकहजार पाँचसय उजुरी आयोगमा विचाराधीन छन् । स्थानीय तहमा बढी उजुरी परेकाले अनुसन्धानका लागि आयोगले पहिलो चरणमा कास्की र पर्वत जिल्लामा अनुसन्धान टोली खटाएको आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दङ्गालले बताउनुभयो । प्रवक्ता दङ्गालले पहाडी र तराईका जिल्लाहरूबाट परेका उजुरीहरूको अध्ययन गर्दा पहाडी जिल्लामध्ये कास्की र पर्वतमा सबैभन्दा बढी उजुरी परेको जानकारी दिनुभयो । आयोगले सम्बन्धित गाउँमा प्राविधिकसहितको टोली खटाई अनुसन्धान अगाडि बढाएको जानकारी उहाँले दिनुभयो । स्थानीय तहसँग सम्बन्धित उजुरीहरूलाई आयोगको टोलीले सङ्कलन गरेका तथ्य प्रमाणका आधारमा अनुसन्धान एवम् छानबिन गरी छिटो टुङ्गोमा पु¥याउने तयारी पनि आयोगले गरेको छ ।

यसैबीच, आयोगको टोलीले नापी कार्यालय हरिऔन, सर्लाहीमा कार्यरत अमिन किशुनदेव मण्डलले अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग नौ हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.