माघ २८, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको विभिन्न क्षेत्रमा खानेपानी वितरणमा समस्या आएको छ ।
नगरपालिकाको वडा नं. ५ नयाँबस्ती, बाँसुकी नगर, बाहुनधारा, वेशीगाँउ लगायत विभिन्न क्षेत्रमा ३ हप्तादेखि पानी नआएको भन्दै उपभोक्ताहरूले आइतबार काठमाडौँ उपत्यका खानेपानी लिमिडेट माहाँङकाल शाखामा ध्यानाकर्षण गराइएको छ ।

अन्यत्र पानी चुहावट हुने र त्यस क्षेत्रमा भने पानी नपठाएको भन्दै उपभोक्ताहरु खानेपानी माहाँङकाल शाखा कार्यालयका प्रमुख इन्जिनियर मिलन थापा र खरिद फाँटका प्रमुख बसन्तकुमार पलसंग गुनासो गरेका छन् । खानेपानी कार्यालयमा नेकपा (एमाले) काठमाडौं जिल्ला सचिवालय सदस्य एवम् कागेश्वरी मनोहरा नगरपालिका वडा- १ का अध्यक्ष मकुन्द गजुरेलको नेतृत्वमा बासुकी नगरका उपभोक्त पुगेका थिए ।

३ हप्तादेखि प्राविधिक कारण पानी वितरण हुन नसकेको कार्यालय प्रमुख थापाले स्वीकारे। आफू नयाँ भएको कारण वितरण क्षेत्र यकिन हुन नसकेको र आगामी दिनमा समस्याको समाधान गरिने प्रतिबद्धता गरे । तर कार्यालय सरुवा भएर आएको १ महिनाभन्दा बढी भएपनि पानी वितरण तालिकाबारे अनविज्ञ रहेको खुलासा भएको छ । कार्यालय प्रमुख र खरिदफाट प्रमुखको कार्यालयमै पानी वितरण तालिका फरक रहेछ ध्यानाकर्षणमा पुगेका उपभोक्ताहरु आक्रोशित बने ।

कार्यालय प्रमुख भएर आएको महिनौ बितेपनि अन्य कार्मचारीहरुसंग समन्वय गर्न नसकेको उनीहरुको आरोप थियो । खरिद फाँट प्रमुख पलले आइतबार नै पानी वितरण हुने जनाए पनि कार्यलय प्रमुख थापाले बिहिवारबाट मात्र हुने भनेपछि कर्मचारीहरुविच तालमेल नमिलेर समस्या उब्जाएको वडा अध्यक्ष गजुरेलले आरोप लगाए । कर्मचारीको लापरवाहीका कारण उपभोक्ताले खानेपानी उपभोग गर्न नपाउनु दुखद रहेको उनले बताए ।
उक्ता कार्यालयमा १ सय ८६ जना दरबन्दीमा १ सय १६ जना कर्मचारी कार्यरत छन् भने ७ जना मात्र प्राविधिक रहेको कार्यालय प्रमुख थापाले बताए । उनका अनुसार ज्यालादारी कर्मचारीसंग पानीको चावी रहने र एक जना बराबर ८० स्थानको चाबी खोल्नुपर्ने बताए ।
खानेपानी वितरणको समस्या लिएर जादा कार्यालय प्रमुख भेटाउन मुस्किल हुने गरेको उपभोक्ताहरुको गुनासो थियो । पानीको अभावमा बस्न बाध्य भएका नयावस्ती र जोरपाटीका उपभोक्ताहरूले फोन सम्पर्क गर्दा नउठाउने र सम्बन्धित पोइन्टमा कार्यरत कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गर्न नमानेपछि कार्यालय पुगेको बताइएको छ ।
गुनासो लिएर जानेलाइ कार्यालय प्रमुख थापाले आफ्नो महत्वाकांक्षी योजना सुनाउदै फर्काउने गरेको बताएको छ । उनको योजना अनुसार ३ महिनाभित्र दैनिक ३ घण्टा पानी उपलब्ध गराउन सक्ने बताएको छ । गोकर्णेश्वरवासीलाई पानी खुवाउन बुढानिलकण्ठ र तार्केश्वर नगरपालिकासंग समन्वय गर्नुपर्ने बताउदै चाडै जनप्रतिनिधिहरुसंग छलफलमा बस्ने बताए ।
भिडियोमा हेर्नुस्

