अनलाइन जुवा खेलाउने २४ जना पक्राउ, ३ अर्बभन्दा बढीको कारोबार

ललितपुर । अनलाइन सट्टेबाजी गराएको आरोपमा २४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितपुरको सानेपामा घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली रहेका छन् ।

प्रहरीका अनुसर विभिन्न एपमार्फत अनलाइन जुवा खेलाउने उनीहरुले पछिल्लो ६ महिनामा ३ अर्ब ४ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको भेटिएको छ ।

भारतीयले गिरोहले सञ्चालन गरेको ८ वटा बेटिङ एपमार्फत उनीहरुले सट्टेबाजीमा गराएको आरोप छ । पक्राउ परेका सबैको साथमा कम्तीमा ३ वटा मोबाइल र एक एकवटा ल्यापटप फेला परेको छ । उनीहरुविरुद्ध सट्टेबाजी, क्रिप्टो र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार पक्रउ पर्ने नेपाली नागरिकहरुमा टंक बहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरि बहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी, भिष्म ओली, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रवि विष्ट छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोज कुमार बजाज, सुमित खत्री, प्रबात कुमार शाह, ओम प्रकाश खत्री, रवि प्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डे र मनोज कुमार छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.