प्रहरीका १८ एसएसपीको सरुवा : काठमाडौंमा विश्व र अपराधमा रमेश (सूचीसहित)

माघ १२, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १८ एसएसपीको सरुवा गरेको छ । गृह सचिवस्तरीय निर्णयमा प्रकाशित सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा विश्व अधिकारी तोकिएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रमुखमा रमेश बस्नेत सरुवा भएका छन् । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् भने अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.