नक्साल पर्यटकीय गन्तब्य बोकेको क्षेत्र हो : महामन्त्री थापा

माघ ५, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा मार्गको शुभारम्भ गरेका छन्। शनिबार एक विशेष कार्यक्रमकाबीच उनले पैदल सम्पदा मार्गको शुभारम्भ गरेका हुन्।

उक्त पैदल सम्पदा मार्गको शुभारम्भ गर्दै उनले सबैलाई यो क्षेत्रको बारेमा जानकारी गराउन आफूले पैदल सम्पदा मार्गको शुभारम्भ गरेको बताए । उनले नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म राम्रोसँग विकास गर्न सके पर्यटकिय गन्तब्य बन्न सक्ने बताए।

उनले भने, ‘नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहाल र कमल पोखरीदेखि नरसिंह चोक सबै भन्दा पूरानो बस्ति भएको सहर हो। तर काठमाडौं उपत्यकामा बस्ने कतिपय मान्छेहरुलाई यो ठाउँमा यस्तो छ भनेर जानकारी समेत छैन, यहाँको स्थानिय समुदाय, स्थानिय सरकार मिलेर अकिति ढंग पुर्याएर विकास निर्माण गर्यौं भने यो काठमाडौं बासीलाई मात्र होइन काठमाडौं बाहिरबाट आउने मानिसहरुको लागि पर्यटकिय क्षेत्र बन्न सक्छ। नक्साल क्षेत्रभित्र धेरै सम्पदाहरु छन् , यो क्षेत्र पर्यटकीय गन्तब्य बन्न सक्छ।’

साथै उनले नक्साल क्षेत्रको बस्ति र रहन सहन जोगाउनुपर्ने बताए। उनले नरसिंह चोकको पुरानो बस्ति जोगाउने तरिकाले बाटोघाटो निर्माणसमेत भैइरहेको बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.