६० लाख धरौटी बुझाएर थुनामुक्त भए रवि लामिछाने

माघ २, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। आदेशलगत्तै धरौटीवापत लामिछानेले ६० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए ।

स्वर्णलक्ष्मीमा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थियो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको पाइएको छ। अदालतले उक्त मुद्दामा लामिछाने अहिले नै कसूरदार होईनन् भन्न सक्ने अवस्था नदिएको भन्दै धरौटी माग गरेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.